क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

डिसी नेपाल
१९ असोज २०७६ १६:५३

काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ।

महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो।

विजया दशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गरेका हुन्।

सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए। ‘आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ’, उनले भने।

महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ। उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *