आज कुन राशिको भाग्य कस्तो छ ? हेर्नुहोस् बिहीबारको राशिफल

डिसी नेपाल
२३ असोज २०७६ ७:३३

आज मिति २०७६ साल असोज २३ गते। तदनुसार सन् २०१९ अक्टोबर १० तारिख। बिहीबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशी हुनेहरुका लागि आजको दिन फाइदाजनक रहेको छ। आज तपाईलाई काममा फाइदा मिल्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिन बृष राशी हुनेहरुका लागि पनि राम्रो रहेको छ। आज तपाईहरुलाई राजनीतिबाट लाभ हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशी हुनेहरुले आज कामबाट प्रशंसा प्राप्त गर्नेछ भने तपाइहरुको अधुरा रहेका कामहरु पूरा हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अपजसको भय रहन्छ, काममा बाधा हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिहं राशी हुनेहरुलाई आज वैवाहिक सुख मिल्नेछ भने माया प्रेममा प्रगति हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन कन्या राशी हुनेहरुको मनबाट शत्रुभय हट्नेछ। साथै तपाईको स्वास्थ्यमा सुधार आउने छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सन्ततिको सुख मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्तले दोष लाउनेछन्, चिसोले स्वास्थ्य बिग्रिने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दाजुभाइको साथ मिल्नेछ, काममा चटारो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर राशी हुनेहरुको आजआफन्तजनसँग भेट भई भोजनको सुख मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
घरायसी काममा अलमल हुनेछ, मनोरन्जनमा समय बित्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशी हुनेहरुले आज अलि ध्यान पुर्याउनु पर्ने देखिएको छ। आज तपाईको अनावस्यक खर्च हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *