सिन्धुपाल्चोक बस दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना बारे नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ।
शुक्रबार मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती गा.पा. १०, बडहरे मोडमा आज विहान दुर्घटना हुँदा ११ जनाको मृत्यु र ४० भन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।’
विज्ञप्तिमा सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताइएको छ।
‘घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट समेत गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।
‘बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन संचालन गर्नु भन्दा अगाडि त्यसको चेकजाँच नगर्नु दुःखद विषय हो।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता घटना पुनः नदोहरिन दिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्न नेपाली कांग्रेस आग्रह गर्दछ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment