आज कुन राशी हुनेहरुको भाग्य कस्तो ? हेर्नुहोस् शनिबारको राशीफल
आज मिति २०७६ साल असोज २५ गते। तदनुसार सन् २०१९ अक्टोबर १२ तारिख। शनिबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशी हुनेहरुका लागि आजको दिन तनावपूण रहनेछ। आज तपाईलाई मानसिक चिन्ता बढ्ने छ। साथै काममा पनि खासै प्रगति मिल्नेछैन।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिन यस राशी हुनेलाई मित्रबाट सहयोग प्राप्त मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशी हुनेहरुलाई आज सन्तानको माया मिल्ने छ। साथै तपाईको आम्दानीमा समेत स्तर बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट राशी हुनेहरुका लागि आजको दिन घरभित्रै बस्दा फाइदा जनक देखिएको छ। तपाईको आजको दिन प्राय घर बाहिरै बित्नेछ भने मित्रहरुसँग विवाद हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्थान परिवर्तन हुने, यात्रामा समस्या हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशी हुनेहरुका लागि आजको दिन धनको कारोबारमा वृद्धि हुनेछ। भने तपाईकमो मीठो बोलीले काम बन्ने छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
यस राशीहुनेहरुको आज आफन्तजनसँग भेटघाट हुनेछ साथै काम अधुरो रहनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वैदेशिक काम बन्नेछ, पैसाको अभाव खड्किनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यवसायमा झमेला मिल्नेछ, काममा वेफाइदा हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन्।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भ राशी हुनेहरुलाई आज काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशी हुनेहरुलाई अध्ययनमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment