सौरभ गांगुली बीसीसीआईका अध्यक्ष, अमित शाहका छोरा सचिव
एजेन्सी। भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरव गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाउने सहमति भएको छ। यसअघि बीसीसीआईको अध्यक्ष ब्रिजेश पटेल बनाउने चर्चा थियो।
उता भारतीय गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई बीसीसीआई सचिव बनाउने सहमति भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसैगरी अरुण धुमल बीसीसीआईका नयाँ कोषाध्यक्ष बन्ने पक्का भएको छ। धुमल बीसीसीआईका पूर्व अध्यक्ष तथा अर्थ राज्यमन्त्री अनुराग ठाकुरका भाइ हुन्।
सोमबार बीसीसीआईका विभिन्न पदमा उम्मेद्वारी दिने अन्तिम दिन हो। तर चुनाव हुने संभावना नरहेको संचारमाध्यमले जनाएका छन्। किनभने सबै पदमा निर्विरोध हुने पक्का भएको छ।
४७ वर्षीय सौगर गांगुली अहिले क्रिकेट एसोसिएशन अफ बंगालका अध्यक्ष छन्। यसअघि ब्रिजेश पटेललाई एन श्रीवास्तवको समर्थनका कारण अध्यक्ष पदको दाबेदारी मानिएको थियो। तर सौरभ गांगुलीको नाममा सहमति भएपछि ब्रिजेशको दाबेदारी सकिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment