आज मंगलबार, कति शुभ छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

डिसी नेपाल
२८ असोज २०७६ ५:५७

आज मिति २०७६ साल असोज २८ गते मंगलबार । तदनुसार सन् २०१९ अक्टोबर १५ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वितीया, २८:४० उप्रान्त तृतीया तिथि मंगलबार । भगवान गणेशको पूजा आरधाना गर्ने दिन ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लामो दुरिको बिदेश यात्रा हुनेछ । बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सामान्य समस्या आउँन सक्छ ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुनालेमन प्रफुल्ति हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धर्म कर्ममा मन जाने हुनाल ेदिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानि गर्न मध्यान्हको समय उपयूक्त रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबिच अबिश्वास बढ्ने योग रहेकोछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाइने हुदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सवारि साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मिहिनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *