‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडाैँमा हुने
काठमाडौं । आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडाैँमा हुने भएको छ।
इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ।
इन्डोनेशियामा हाम्रा संवाददातासंग कुरा गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाण्डौमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताए।
नेपालबाट मेलामा सहभागी हुन गएका आइएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफि, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाडौंमा हुने बैठकमा सहभागी हुन आउने बताए।
कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्। पछिल्लो समय इण्डोनेसियामा नेपालीहरु पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसंगै व्यवसायीहरुको नेपालप्रतिको चासो बढेको देखिन्छ।
नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ। इण्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निशुल्क दिँदै आएको छ।
नेपालले अन अराईभल भिसा दिए पनि शुल्क लिने गरेको छ। एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरुको फोरममा आशियान मुलुकहरु मध्य एक्लो हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment