आज आइतबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल कार्तिक ३ गते आइतबार । तदनुसार सन् २०१९ अक्टोबर २० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन । शरद ऋतु, नेपाल संवत् ११३९ कौलागा । कार्तिक कृष्णपक्ष, सप्तमी, २६ः५८ उप्रान्त अष्टमी तिथि ।
आजको ग्रहफल
मेष
काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ ।
वृष
आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन
सामाजिक प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ।
कर्कट
भाग्यले धोका दिनेछ, व्यक्तिगत काम अधुरो हुनेछ ।
सिंह
आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।
कन्या
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।
तुला
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ।
वृश्चिक
सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ।
धनु
आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ।
मकर
भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ।
कुम्भ
मिठो भोजनमा रमाइनेछ, बाेलीले प्रभाव पारिनेछ।
मीन
यात्राको योग बन्नेछ, विदेशको लाभ पाइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment