बंगलादेश पढ्ने नपाली विद्यार्थीको पीडा : २ वर्षको पैसा, १ वर्षको भिसा!
काठमाडौँ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्नु परेका समस्याहरूका बारेमा प्राय नेपालीहरू जानकार छन्।
उक्त देशमा अध्ययनरत छात्रा विद्यार्थीको बारेमा बोल्दा एकजना मन्त्रीले राजिनामा समेत दिनु परेको थियो।
विगत लामो समयदेखि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको बारेमा निरन्तर आवाज उठाउँदै आएका नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले समस्याका बारेमा निरन्तर आवाज उठाउँदा पनि सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको बताउँछन्।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनको अवधि ५ वर्ष अध्ययन र १ वर्ष इन्टर्नशिप गरि जम्मा ६ वर्षको हुन्छ। तर, भिसा भने अध्ययन अवधिसम्म दिने प्रावधान छैन।
अध्ययन अवधि सकिनु अघिनै कलेज र युनिभर्सिटीको सम्पूर्ण फि बुझाउनु पर्नेहुन्छ। कानूनी प्रक्रिया पूरा गरेर अध्ययन कै निम्ति विद्यार्थी भिसामा आउने नेपाली विद्यार्थीहरूका निम्ति पनि भिसा प्रक्रियामा सम्बन्धित निकायले चरम लापरवाही गर्ने गरेको अध्यक्ष यादवको दावी छ।
नेपाली विद्यार्थीहरुले बर्षेनी भिसा फि तिरेर बिधार्थी भिसा एक्सटेन्सन गर्नुपर्ने हुन्छ। अहिलेआएर एकैचोटी २ वर्षको भिसाका लागि पनि निवेदन दिन सकिने भन्ने छ।
२ वर्षको लागि विद्यार्थीले भिसा शुल्क तिर्छन्। तर, भिसा लिन जादा १ वर्षको मात्रै भिसा पाएपछि अधिकांश विद्यार्थीहरू अन्यायमा परेका हुन्।
देशमा व्यवस्थित शिक्षा प्रणालीको विकाश नगर्ने, वर्षेनी हजारौं नेपाली विद्यार्थीहरूलाई बाहिर पढ्न बाध्य पार्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष यादवको माग छ।
नेपाली विद्यार्थी बाहिर गइसके पछि पनि उनीहरूले भोग्ने समस्या बारेमा सरकार र विद्यार्थी नेता मौन बनेको देखिन्छ।
अध्यक्ष यादवले भने, ‘हामीले नेपाली राजदुतावासलाई पनि आग्रह गरेका छौं। नयाँ राजदुत डा. बंशिधर मिश्र आउनु भएको छ। उहाँले उक्त समस्याका बारेमा पहल कदमी चाल्छु भनेर भन्नु भएको छ।’
आज मात्रै पनि उनलाई भेटेर हाम्रा मागहरू बुझाउने भनेका छौँ। यसको सामाधानका निम्ति यथाशिघ्र पहल गरियोस् र हाम्रा अधिकारको बारेमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ।
अनावश्यक रुपमा निर्दोष विद्यार्थीहरुलाई पीडा दिने कार्यको अन्त होस्!
No ads found for this position

डिसी नेपाल
Facebook Comment