भेष बद्लिएर नगरमा गएका राजाले एक्लै मजदुरले ठूलो ढुंगा पन्साइ रहेको देखे

डिसी नेपाल
४ कार्तिक २०७६ ८:०८

काठमाडौं। प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक जना राजा सबैलाई सहयोग गर्थे र आफ्ना प्रजाको राम्रोसँग हेरचाह पनि गर्थे। प्रजाको अवस्था बुझ्न एक दिन राजा आफ्ना भेष परिवर्तन गरेर नगरमा घुम्न गए।

राजाले एक मजदुरले बाटोमा रहेको ठूलो ढुंगो हटाउने कोशिश गरिरहेको देखे। तर ती मजदुरलाई कसैले पनि सहयोग गरिरहेको थिएन। अर्का एक व्यक्ति ढुंगो हटाउन नसकेको भन्दै ती मजदुरलाई गाली गरिरहेका थिए। यो सबै देखेका राजाले ती व्यक्तिलाई तपाईँले पनि सहयोग गरेको भए यो ढुंगा हटाउन सजिलो हुन्थ्यो नी भने।

ती व्यक्तिले भने–म यो मजदुरको ठेकेदार हुँ। र मेरो काम ढुंगा हटाउने होइन।’ ठेकेदारको कुरा सुनेपछि राजा स्वयं मजदुर भएको ठाउँमा गए अनि ढुंगा हटाउन सहयोग गर्न थाले। केही बेरमा नै त्यो ढुंगा बाटोबाट बाहिर निकाल्न सकियो। त्यो गरीब व्यक्तिले ढुंगा हटाउन सहयोग गर्ने अपरिचित व्यक्तिलाई धन्यवाद दिए।

बाटो बाट ढुंगा हटाइसकेपछि राजाले ठेकेदारलाई भने–भविष्यमा तिमीलाई कहिल्यै पनि एक जना मजदुरको आवश्यकता पर्यो भने राज भवनमा आउनु।’ यो कुरा सुनेर ठेकेदार छक्क परे। उसले ध्यान पूर्वक हेर्दा त ती व्यक्ति राजा भएको पायो।

राजालाई चिन्ने वित्तिकै ठेकेदारले क्षमा याचना गरे। ठेकेदारलाई राजाले अरुलाई सहयोग गर्नु नै मावनवता भएको बताए। यदि हामीले आफ्नो पदको घमण्ड गर्यौं भने कहिल्यै मान सम्मान पाइँदैन।

त्यसपछि ठेकेदारले कुरा बुझे र उनले भविष्यमा अरुको सहयोग गर्ने संकल्प गरे। यो कथाबाट के शिक्षा पाइन्छ भने जो मानिस आफ्नो पदको घमण्ड नगरी अरुलाई सहयोग गर्छ, उसलाई सबैले मन पराउँछन्। यस्ता मानिसको घर परिवार र समाजमा मान प्रतिष्ठा बढ्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *