हातहतियार तथा डाँका मुद्दामा फरार २ जना पक्राउ

डिसी नेपाल
४ कार्तिक २०७६ ८:५१

लहान । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो।

आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई छ महीना कैद र रु ६० हजार जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट पाँच वर्ष ११ महीना चार दिन कैद र रु दुई लाख ४७ हजार ३५० जरिवानाको फैसला भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *