राजतन्त्र फर्काउन चिनियाँ राष्ट्रपतिको सुझाव !

डिसी नेपाल
४ कार्तिक २०७६ १४:१४

केही दिन अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा नेपालीहरु निकट छिमेकी र शक्तिशाली व्यक्तिको नेपाल भ्रमण तथा उनका अभिव्यक्ति, भेटघाट र सहयोगका ढोकाहरु खोल्ने कुराले हर्षित भए। पछिल्लो समय नाकाबन्दीको पीडा खेलेका नेपालीले त्यतिबेला चीनसँग व्यापारका लागि भएका सम्झौता र अघि बढेका कामहरुले गति लिने अपेक्षा गरेका थिए।

पछिल्लो समय सुस्ताउँदै गएका यी कामहरुले चीनकै राष्ट्रपतिको भ्रमणपछि गति लिने उनीहरुको अपेक्षा थियो। यसबाट भारतमाथिको निर्भरता घट्ने र भोलिका दिनमा नाकाबन्दी नै भए पनि पहिलेजस्तो सास्ती खेप्नु नपर्ने नागरिकको आशा थियो।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले संसारको ध्यान केन्द्रित भयो र नेपाल चर्चित बन्यो। यी सबै सकारात्मक कुरा हुन्। नेपाली कांग्रेसका सभापति वेटिङ सरकारका प्रमुख हुन्। वेटिङ सरकारका प्रमुखलाई चिनियाँ राष्ट्रपतिले भेट्नु स्वाभाविक र दूरदर्शिता हो। तर, भेटेर के भने? भन्ने विषय सर्वाधिक चर्चाको विषय छ।

एउटा तप्काले के अनुमान गरेका छन् भने चीनले पुनरागमन र अग्रगमन दुईवटाको बीचबाट दुवैलाई मिलाएर एउटा पद्धति बनाउ र त्यसैमा स्थायित्व खोज भन्ने सुझाव दिएको तर्क गरेका छन्।

उनीहरुको दावीअनुसार चीनले नेपालमा राजनीतिक स्थायित्व आवश्यक छ। दरिला संरचनाको आवश्यकता छ, त्यसैले पनि कांग्रेसका संस्थापक नेता विपीको राजासहितको प्रजातन्त्रको सिद्धान्त जायज थियो त्यसैले र केही पछाडि फर्केर भएपनि अग्रगमनतिरको जायज बाटो समात्न सुझाव दिएको थियो।

लेखक : जगदीश दाहाल

राजासहितको प्रजातन्त्र दुवै छिमेकी (भारत र चीन)लाई सुहाँउदो भएको र पश्चिमा मुलुक, विशेष गरी क्रिश्चियानिटीलाई साइजमा राख्न पनि यसले सहयोग गर्ने भएकोले यही बाटो समात्न राष्ट्रपति सीको शेरबहादुरलाई सुझाव थियो भन्ने चर्चा छ। साथमा उनले चीनको विकास हेर्न निम्ता पनि दिए भन्ने चर्चा छ।

अर्को चर्चा के छ भने राष्ट्रपति सीको यो भ्रमण एक पक्षीय भएन, बहुपक्षीय भेटघाट भयो भनेर देखाउनका लागि यो एउटा औपचारिकता पूरा गरेको मात्र हुन् भन्ने पनि चर्चा छ। यी मध्ये के कुरा चाहीँ साँचो हो त? भन्ने स्पष्ट भइसकेको छैन । तर, सी जिनपिङ चीनबाट सिधै नेपाल आएर नेपालको भ्रमण गरेर सिधै चीन गएका थिए भने यो भ्रमणलाई अत्याधिक महत्वका साथ हेर्न सकिन्थ्यो।

तर, उनी भारतको चेन्नईमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाट गरेपछि त्यहाँबाट फर्किने क्रममा नेपाल पनि एक रात बसेर जाउँ भनेर आउनुलाई र छलफल र भेटघाटमा कतिपय झिना मसिना कुरा गर्नुलाई जुन भ्रमणको महत्व रहन्थ्यो, त्यो नभएको जस्तो भएको टिप्पणी पनि भएका छन्।

चीनले नेपालमा राजनीतिक स्थायित्व आवश्यक छ। दरिला संरचनाको आवश्यकता छ, त्यसैले पनि कांग्रेसका संस्थापक नेता विपीको राजासहितको प्रजातन्त्रको सिद्धान्त जायज थियो त्यसैले र केही पछाडि फर्केर भएपनि अग्रगमनतिरको जायज बाटो समात्न सुझाव दिएको थियो।

जे भएपनि सीको नेपाल भ्रमणले नेपालीलाई खुशी बनायो। नाका खोल्ने र व्यापार घाटा घटाउने, ल्याण्डलकबाट ल्याण्डलिंक मुलुक बनाउन पहल गर्ने र सहयोग गर्ने कुराले नेपालीलाई खुशी बनाएको छ। उत्तरी नाकाका सडक बन्ने, सुरुङ मार्ग निर्माण हुने र पर्यटन वर्ष सफल बनाउन चिनियाँ पर्यटन नेपाल पठाउने कुराले झनै खुशी बनाएको छ।

राष्ट्रपति सीले नेपालका कम्युनिष्ट नक्कली कम्युनिष्ट हुन्। यी स्वार्थी कम्युनिष्ट हुन भनेर चिनेकै छन्। यसरी स्वार्थी र नक्कली कम्युनिष्टसँग भरोसा नभएर पनि शेरबहादुर देउवासँग भेट्न र उनलाई आश्वस्त पार्न चीन भ्रमणको निम्तो दिएको हुनुपर्छ।

भारत र चीनको साझा नीति मोदी आएपनि सी जिनपिङ आएपनि नेपालप्रति राजनीतिक रुपले दिने सल्लाह, सुझाव र हेरिने दृष्टिकोण एउटै बनेको वा बनाइएको र त्यसमा सर्वपक्षीय भेटघाट गर्ने एकै प्रकारको सुझाव सबैलाई दिने उनीहरुको साझा नीति अनुसार पहिला भारत गएर आएर तिनै कुरा पनि गरेका हुन सक्छन्।

जे भएपनि युरोप र अमेरिकाको दक्षिण एसियामा बढ्दो प्रभावलाई साइजमा ल्याउने वा कम गर्ने कुरामा भारत र चीन एक छन्। र, त्यसैमा नेपाललाई पनि सहमत गराएर नेपालमा पनि क्रिश्चियानिटी र युरोप र अमेरिकाको बढ्दो प्रभावलाई कम गर्ने र नेपालको राजनीकि स्थायित्व, नेपालको उन्नति प्रगतिमा सहयोगी बन्ने भन्ने कुरा हाम्रा छिमेकीको नहोला भन्न सकिँदैन। पक्कै पनि गरिव नेपाल हामीलाई दुख हुन्छ, त्यसो हुनाले नेपाललाई पनि हामीसँगै समृद्धिमा डोर्याउनुपर्छ भन्ने नीति लिएको हुनुपर्छ।

हिन्दु सापेक्ष मुलुक र राजासहितको प्रजातन्त्र पुनरागमनमा गएर भएपनि अग्रगमनका लागि राजीतिक स्थायित्व आवश्यक पर्छ, त्यो बाटो अबलम्बन गर भन्ने राष्ट्रपति सीको सुझाव हुनसक्छ भन्ने अहिलेको काठमाडौंमा चर्चा भइरहेको विषय हो। त्यसरी हेर्दा शेरबहादुर देउवालाई विगतमा भारत, चीन, पाकिस्तानले सबैले अमेरिकी लवीको नेता भनेर विश्वास नगर्नुबाट शेरबहादुर आफैं पनि बढी चिन्तित थिए।

तर अहिले राष्ट्रपति सीले प्राथमिकताका साथ भेट्नुलाई उनलाई फकाएर एक स्टेप पुनरावलोकनको बाटो गएर प्रजातान्त्रिक पद्धतिबाटै नेपालको हित र समृद्धि संभव छ भनेर नक्कली कम्युनिष्टको विकल्पमा शेरबहादुर वा कांग्रेसलाई बलियो बनाउने नीति लिएको पनि हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *