गंगा बच्चा जम्माउने वित्तिकै नदीमा बगाउँथिन्

डिसी नेपाल
५ कार्तिक २०७६ ८:१९

काठमाडौं। महाभारतमा भिष्मका पिता राजा शांतनु थिए। कथाका अनुसार राजा शांतनु देवी नदी गंगासँग प्रेम भयो। राजाले गंगासँग विवाह गर्ने इच्छा व्यक्त गरे। राजाको कुरा सुनेपछि गंगाले राजासँग सर्त राखिन्।

गंगाले आफूलाई काम गर्ने पूरा स्वतन्त्र अधिकार हुपर्ने, जुन दिन शांतनु उनलाई कुनै काम गर्न रोक्छन् त्यो दिन उनलाई छोडेर जाने सर्त राखिन्। राजा शांतनुले गंगाको यो सर्त स्वीकार गरे। अनि उनीहरुबीच विवाह भयो।

विवाहपछि गंगाले जति पनि सन्तानलाई जन्म दिन्थिइन्, उनीहरु सबैलाई नदीमा बगाइ दिन्थिइन्। शांतनु गंगालाई रोक्न सक्दैन थिए, किनभने उनलाई गंगा गुमाउनु पर्ने डर थियो।

जब सातौं सन्तानलाई पनि गंगाले नदीमा बगाउन लिएर गइन् तब राजा शांतनुले आफूलाई रोक्न सकेनन्। उनले गंगालाई रोक्दै सोधे की आफ्ना सन्तानलाई किन नदीमा बगायौ?।

गंगाले भनिन्–महाराज तपाइँले आफ्नो सन्तानका लागि मेरो शर्त तोड्नु भयो। यो सन्तानमात्रै तपाईँसँग रहन्छ।’ यसरी शांतनुले आफ्नो सन्तानलाई बचाए। र उनलाई राम्रो शिक्षा र संस्कारका लागि गंगासँगै छोडिदिए। उसको नाम देवव्रत राखिएको थियो।

केही वर्षपछि गंगा सन्तानलाई फिर्ता गर्न आइन्। त्यतिबेलासम्म उनी महान योद्दा र धर्मज्ञ बनिसकेका थिए। पुत्रका लागि राजा शांतनुले गंगा जस्ती देवीलाई त्याग्न तयार भए, त्यही पुत्रको शिक्षा र संस्कारका लागि कयौं वर्षसम्म आफूभन्दा टाढा राखे।

यिनै देवव्रतले शांतनुको विवाह सत्यवतीसँग गराउनका लागि आजीवन अविवाहित रहने भीषण प्रतिज्ञा गरे। त्यसपछि उनको नाम भिष्म हुन गयो। भिष्मले नै अन्तिमसम्म आफ्नो बुवाको वंशको रक्षा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *