सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

डिसी नेपाल
८ कार्तिक २०७६ ८:२१

इलाम । चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ। सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो।

यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा सेन्टर निर्माणका लागि रकम विनियोजन गर्ने भएको छ। चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमै खर्च गर्नेगरी प्रदेश सरकारबाट रु पाँच करोड विनियोजन भएको छ।

उक्त बजेटको २० प्रतिशतले हुन आउने रकम अर्थात् एक करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्ने गरी निर्णय भएको होे। नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ।

देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ। सूर्योदय नगरपालिकाभित्र ६३ वटाभन्दा बढी सानाठूला चिया प्रशोधन उद्योगहरु रहेका छन्। त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीका रूपमा मानिदै आएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *