गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच सहमति

डिसी नेपाल
८ कार्तिक २०७६ १०:३३

काठमाडौँ । गैरआवासीय नेपाली संघका पदाधिकारी र नेपाल उद्योग परिसंघलका पदाधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ । हिजो बुधबार नेपाल उद्योग परिसंघको कार्यालयमा संघ र परिसंघबीच बैठक बसी आपसी सहयोग र सहकार्य बढाउने बारे व्यापक छलफलपछि उक्त सहमति भएको हो।

छलफलमा नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउनेबारे केन्द्रित थियो।

बैठकमा नेपाल उद्योग परिसंघका पदाधिकारीले संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य गर्ने इच्छा प्रकट गरेका थिए।वैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको धारणा गरे ।

बैठककै अवसर पारेर दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर भयो । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्ष डा. बद्री के. सी., प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट नि. वर्तमान अध्यक्ष, उपध्यक्षहरु, कार्य समिति सदस्यहरु, महानिर्देशक र निर्देशक समेतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *