प्रदेश एकको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री राई

डिसी नेपाल
८ कार्तिक २०७६ २१:३४

विराटनगर। प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुुरा गर्दै उनले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिए।

मुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताए। उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पारे।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए। उनले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पारे। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *