आज शनिबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
९ कार्तिक २०७६ ६:२०

पञ्चाङ्ग

आज मिति २०७६ साल कार्तिक ९ गते । तदनुसार सन् २०१९ अक्टोबर २६ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, नेपाल संवत् ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, त्रयोदशी, १४ः०८ उप्रान्त चतुर्दशी तिथि शनिबार ।

ग्रहफल

मेष
घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।

वृष
सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।

मिथुन
धन सम्पतिको मनमुटाव बढ्नेछ । आफ्न्तसँग दुश्मनी हुनेछ ।

कर्कट
भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

सिंह
पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।

कन्या
मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला
अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

वृश्चिक
व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।

धनु
राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

मकर
धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।

कुम्भ
अनावश्यक सामाजिक लाञ्छना लाग्नेछ। काम बिग्रिन सक्नेछ।

मीन
यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *