एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

डिसी नेपाल
१० कार्तिक २०७६ १०:२३

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको   राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ।

शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो। भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो।

सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधीन रहेको स्मरण गराएका थिए। विधेयकमा नागरिकता सम्बन्धी अन्य  केही विवादहरू  भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विषय भने विवाद नभएको उनको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उनले विश्वास दिलाए । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउनसमेत उनले आग्रह गरेका थिए।

भेटमा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू डा. बद्री केसी, मन केसी ,सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पूर्व सचिव डिबी क्षेत्री लगायतको उपस्थिति थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *