सशस्त्र प्रहरीले मनायो कुकुर तिहार (फोटो फिचर)

डिसी नेपाल
१० कार्तिक २०७६ ११:२२

काठमाडौँ । आज नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाईएको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ।

यसै सन्दर्भमा काठमाडौँको सशस्त्र प्रहरी फोर्स बलम्बुले कुकुर तिहारका दिन कुकुर पूजा गरेको छ । फोर्सले आफ्नो कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरुको पूजा गरेका हुन् । उक्त कार्यक्रममा सशस्त्र प्रहरीका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *