आज सोमबार, कस्तो हुनेछ तपाईको दिन ? हेर्नुहाेस् राशिफल
मिति २०७६ साल कात्तिक ११ गते सोमबार। इस २०१९ अक्टोबर २८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। औंसी, ९ः४३ उप्रान्त प्रतिपदा।
मेषः नीजी व्यवसायमा अलमल हुनेछ, शारीरिक अवस्था बिग्रिनेछ।
वृषः यात्राको अवसर आउनेछ, साथी भाइमा शंका पर्नेछ ।
मिथुनः वोलीको प्रभावले काम बन्नेछ ,यात्रामा अवरोधको सृजना हुनेछ ।
कर्कटः प्रिय मित्र भेटघाट हुनेछ, प्रेममा खुशी बढ्नेछ ।
सिंहः शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्याः यात्रामा खर्च हुनेछ, आम्दामीका अवसर गुम्नेछन् ।
तुलाः प्रेममा शंकाले बाधा गर्नेछ, कृषि व्यापारमा लाभ हुनेछ ।
वृश्चिकः यात्राको मजा मिल्नेछ, काममा उत्साह बढेर जानेछ ।
धनुः पारिवारिक भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकरः कर्मको प्रशंसा हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भः घरायसी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
मीनः व्यापार राम्रो हुनेछ, वैदेशिक काममा सफलता पाइनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment