रुप कार्कीलाई अन्तर्राष्ट्रिय स्वर्ण पदक

डिसी नेपाल
११ कार्तिक २०७६ १४:४४

अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन् ।

कार्कीले मास्टर टु २० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आईपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । यससँगै कार्की अमेरिकामा रहेका नेपालीहरुमा भारत्तोलनमा प्रवेश गरि अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक बनेका छन् ।

उनले यसअघि एटलान्टामा सन् २०१७ मा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आइपीएल प्रतियोगितामा मास्टर वान प्राप्त गरिसकेका थिए । गएको जुलाई १३ गते यूएसपीएलमा पनि स्वर्ण पदक प्राप्त गरेसँगै कार्कीलाई आयरल्याण्डमा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आईपीएल प्रतियोगितामा सहभागी हुन ढोका खुलेको थियो ।

गत अक्टोबर २४ गतेदेखि अक्टोबर २७ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका विभिन्न तौल समूहका खेलाडीहरु सहभागी थिए ।

नेपाल भैरहवा स्थायी घर भएका कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षण गर्दै आएका छन् । उनले अहिलेसम्म विभिन्न प्रतियोगितामा भाग लिइसकेका छन् ।

यसै गरि उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक बिजेतासमेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई सहयोग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *