ट्रम्पले मनाए ह्वाइट हाउसमा दीपावली

डिसी नेपाल
११ कार्तिक २०७६ १६:४८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको दोस्रो महान चाँड दीपावली मनाउका छन् । आइतबार ट्रम्पले ह्वाइट हाउसमा हिन्दु धर्मावलम्बीहरुसँग दीपावली मनाएका हुन् ।

ट्रम्पले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेर दीपावली मनाएका थिए । दीपावली मनाउने क्रममा उनले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको बताए । उनले दीपावलीले अन्धकारमाथि प्रकाशको जितको सन्देश दिने विश्वास व्यक्त गरे ।

साथै अमेरिकाको संविधानअनुसार सबै धर्म र धार्मिक अधिकारको रक्षाका लागि सधैँ आफ्नो प्रशासनले काम गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *