१८ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०७६ १२:२४

काठमाडौं । १८ बर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई नियन्त्रणमा लिएको छ । पीडित किशोरीले दिएको उजुरीका आधारमा राईलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।
पीडित किशोरीले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । पीडित किशोरी गएराति नै सम्पर्कमा आएको र त्यस लगत्तै प्रहरीले ती किशोरीलाई उद्धार गरेको थियो ।

प्रहरीमा खबर आएलगततै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाइ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताएका छन् ।

उनले घटनाबारे थप प्रमाणका लागि पीडित किशोरीलाई मेडिकल जाँच गर्न पठाईएको पनि बताए । राई आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *