भीआईपी जुवाडेलाई थुनामै राख्न अदालतको आदेश

डिसी नेपाल
१३ कार्तिक २०७६ १६:३६

काठमाडौं। गत शनिबार राजधानी काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका ६ जना जुवाडेमाथि थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
बुधबार सर्वोच्च अदालतमा भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहसपछि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई थुनामै राख्न आदेश दिएको हो।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले चलाएको अपरेशनमा पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले पनि बुधबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसमा भएको सुनुवाइमा विपक्षीलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश भएको छ ।

उनीहरुसँगै ६ जुवाडेलाई पनि बुधबार पनि उपस्थित गराउन भनिएको छ ।

आदेशमा भनिएको छ, ‘‘ बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’

पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *