श्रीमानको हत्या आरोपमा पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०७६ १९:२६

बाँके। श्रीमानको हत्याको आरोपमा एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।

दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

यसैबीच जुवा खेलिरहेको अवस्थामा पाँच जुवाडे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले मधुवन नगरपालिका–८ सानोश्री होटल सनराइज एन्ड लजमा जुवा खेलिरहेको अवस्थामा ती जुवाडे, उनीहरुको साथमा रहेको नगद ५८ हजार ८४० र तास बरामद गरेको प्रहरी उपरीक्षक बाँस्तोलाले बताए।

जुवाडेहरुलाई कानूनबमोजिम आवश्यक कारबाहीका लागि अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *