किसानले परेवा बसेको रुखको हांगा नै काटिदिए

डिसी नेपाल
१४ कार्तिक २०७६ ८:२६

काठमाडौं। एउटा पुरानो लोक कथाका अनुसार एक जना राजा आफ्नो छिमेकी राज्यमा घुम्न गएका थिए। छिमेकी राज्यका राजाले उनको धुमधामसँग स्वागत गरे। केही दिन त्यहाँ बसेपछि राजा आफ्नो राज्यमा फर्किन थाले। उनी फर्किने बेलामा छिमेकी राज्यका राजाले सुन्दर परेवा उपहारमा दिए।

राजाले दुवै परेवा लिएर आफ्नो महलमा फर्किए। उनले एक जना सेवकलाई परेवाको रेखदेख गर्न नियुक्त गरे। सेवकले परेवाका लागि विहान बेलुकाका लागि दाना पानीको व्यस्वस्था गरिदिन्थे। केही दिनपछि राजा परेवाको अवस्था बुझ्ना आए।

सेवकले परेवाको विषयमा जानकारी दिँदै एउटा परेवाले निकै उचाइसम्म उडान भर्ने र अर्को परेवा भने एउटा रुखको हाँगामा मात्रै बस्ने गरेको बताए।
यो सुनेर राजा निकै दुखी भए। राजाले तत्काल आफ्ना मन्त्रीलाई बोलाए, तर कसैले पनि हाँगामा मात्रै बस्ने परेवालाई के भएको थियो भनेर थाहा पाउन सकेनन्।

त्यही बेला कसैले राजालाई पंक्षी विशेषज्ञलाई बोलाउन सुझाव दिए। मन्त्रीले तत्काल एक गरीव किसानलाई बोलाए। ती किसान पंक्षीका विषयमा जानकार थिए। ती किसानले परेवा बसेको आसपासको क्षेत्र हेरे र अन्तिममा परेवा जुन रुखको हाँगामा बस्थ्यो, त्यो हांगा नै काटिदिए।

त्यसपछि हांगामा बस्ने परेवा पनि निकै उचाइसम्म उडान भर्न थाल्यो। किसानले राजालाई परेवा उक्त रुखको हाँगाको मोहमा फसेका कारण यस्तो भएको जानकारी दिए। किसानले त्यो परेवा उड्ने जोमिख लिनबाट डराउँथ्यो, जब रुखको हाँगा नै काटिदिएपछि उसँग उड्नुको विकल्प नभएका कारण माथिसम्म उडान भरेको राजालाई बताए। यो सुनेर राजा निकै प्रशन्न भए र राजालाई स्वर्ण मुद्राले सम्मानित गरे।

यो कथाबाट के सन्देश पाइन्छ भने जो मानिस जोखिम लिनबाट डराउँछन्, आफूलाई आराम हुने काम मात्र गर्न रुचाउँछन्,उनीहरु कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैनन्। यदि तपाइँ केही ठूलो काम गर्न चाहनुहुन्छ भने जोखिम उठाउन नहिच्किचाउनुस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *