साझाले भक्तपुरमा बनायो २८ वर्षीय युवालाई प्रदेशसभा उम्मेदवार
काठमाडौं। साझा पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुरज प्रधानलाई उम्मेदवार बनाएको छ। पार्टी प्रवक्ता सूर्यराज आचार्यले बिहीबार पार्टीका भक्तपुर जिल्ला संयोजक २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
प्रधान विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्छन्।
उम्मेदवार बन्ने भएपछि उनले पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेको भन्दै निर्वाचित भएपुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन्।
साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ ९ख० को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्ने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment