अस्पतालको शैय्याबाटै प्रधानमन्त्री ओलीले गरे ट्वीट

डिसी नेपाल
१४ कार्तिक २०७६ १६:५२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि राजधानीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचाररत छन्। मिर्गौलाले काम नगरेपछि बुधबार र बिहीबार उनको दुई पटक डायलसिस भएको छ। बिहीबारको डायलसिस सफल भएको छ। डायलसिसपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका प्रधानमन्त्री ओलीले आफु ठिक रहेको बताएको दाहालले सञ्चारकर्मीलाई बताएका थिए।

यसैबीच बिहीबार साढे ४ बजे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा दुई वटा ट्वीट गरेका छन्। उनले ७ महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर विश्वकीर्तिमान बनाएका निर्मल पुर्जालाई बधाई दिएका छन्।

उनले लेखेका छन्, ‘सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमशिखर आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएकोमा निर्मल पुर्जालाई हार्दिक वधाई ज्ञापन गर्दछु । यस सफलता मार्फत नेपाली जातिको कठोर मेहेनतलाई पनि उजागर गर्नु भएकामा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

अस्पतालको शैय्यामा रहेका ओलीको ट्वीटर ह्याण्डलबाट ट्वीट भएपछि उनको यो ट्वीटर अरु कसैले चलाएको भन्दै केही आशंकासमेत व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *