सेनाको सैन्य ट्रान्सपोर्ट विमान आउँदै

डिसी नेपाल
१४ कार्तिक २०७६ १९:५५

काठमाडौं। नेपाली सेनाको सैन्य ट्रान्सपोर्ट विमान आगामी शनिबार नेपाल आइपुग्ने भएको छ। इन्डोनेशियाबाट विमान नेपालका लागि बुधबारै उडेको नेपाली सेनाले जनाएको छ। सो विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्ने सेनाले जनाएको हो।

इन्डोनेशियासँग सेनाले २०१७ मा विमान खरिद सम्झौता गरेको थियो। सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो। सेनाका अनुसार सो सैन्य विमान इन्डोनेशियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो।

विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। यो विमान विपद्‍का बेलका आपतकालीन उद्धार र राहतका क्रममा यो जहाज प्रयोग हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *