न्युयोर्कको ज्याक्सन हाईटमा नेवा नखको म्हः पुजा
ज्याक्सन हाईट, न्युयोर्क । नेवा नख्ः संस्थाले न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुङको हलमा सामुहिक म्ह पुजा कार्यक्रम सम्पन्न गरेको छ। यो वर्षको म्ह पुजा सातौँ पूजा हो।
नेवारी भाषामा म्ह भन्नाले शरिर जनाउँछ । त्यसैले म्ह पुजाको दिन ब्यक्तिले आफ्नो शरिरको पुजा गर्द्छ्न्। बिशेषत काठमाडौँ उपत्यकाका नेवार समुदायले परैंपरागत रुपमा गोबर्धन पूजाको दिन यो म्ह पुजा साँझपख गर्ने गर्द्छ्न् ।
साँझा ८ बजे शुरु भएको यस कार्यक्रममा सल्लाहकार अजयमान छोचुले नेवारी बिधी अनुरुप मन्त्र पढेर सबैको शरिर पूजा गराएका थिए। यसै दिनबाट नयाँ बर्षको शुरुवात पनि हुनेगर्दछ । गत अक्टोबर २८ अथार्त म्ह पुजाको दिनबाट नेपाल संबत ११४० शुरु भएको छ ।
नखले नयाँ बर्षको रगिन क्यालेन्डर पनि बर्षेनी प्रकाशन गर्दै आएको छ । कार्यक्रममा नेपाली महाबाणिजयदुत पुष्पराज भट्टराईले नेपाल संवत ११४० को क्यालेन्डर बिमोचन गर्दै यसको महत्व बारे उल्लेख गरेका थिए।
न्युयोर्क नगरका मेयर बिल्दे ब्लासियोले कार्यक्रमको लागी पठाएका शुभकामना सन्देश महसचिव नरेशमान शाक्यले पढेर सुनाएका थिए।
कार्यक्रममा महिला स्वंयम सेवकहरु संगिता छोचु, सलोनी बन्त ष्रेष्ठ्, नम्रता प्रधान्, राधिका श्रेष्ठ्,कान्तिस्वरी डंगोल्, श्रुती अमात्य,अनिता बज्राचार्य, लघु शाक्य,मोहिनी कर्माचार्य, उजिला प्रधान्, मैना बज्राचार्य, सबिना शाक्य,मोनालिसा बज्राचार्य दिपा महर्जन र मधु श्रेष्ठले सहभागिहरुलाइ शरिर पुजा गरी सगुन प्रदाङ गरेका थिए।

साथै पुरुष स्वंयम सेवहरुको टोलिले नेपालमै जस्तो गरी झ्व भ्वय (एक बिशिष्ट प्रकारको नेवारी भोज्) सहभागिहरुलाइ ख्वाएका थिए ।
अहिलेको आधुनिक समयमा कतिपय परंपरागत रितिथितिहरु बिस्तारै लोपोन्मुख भएको अवस्थामा सात समुद्रपारी प्रदेशमा आएर पनि काठमाडौँका केही नेवारी ब्यक्तित्वहरुले आफ्नो नेपाली पम्परालाई जिवित राख्न लागि परेको भन्दै प्रशंसा समेत गरिएको थियो ।
नखका अध्यक्ष बिष्णुमान प्रधानले संपुर्ण नेपालीहरु तथा उपस्थित सबैलाई नयाँ बर्ष ११४० को शुभकामना दिँदै र सहयोगीहरुलाई धन्यबाद दिएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment