आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् आईतबारको राशिफल

डिसी नेपाल
१७ कार्तिक २०७६ ६:१७

आज मिति २०७६ साल कार्तिक १७ गते आइतबार । तदनुसार सन् २०१९ नोभेम्बर ३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, सप्तमी, २९ः१४ उप्रान्त अष्टमी तिथि ।

आजको ग्रहफल

मेष
सामाजिक प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।

वृष
परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।

मिथुन
काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।

कर्कट
वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

सिंह
वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।

कन्या
अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

तुला
नीजि समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।

वृश्चिक
भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।

धनु
बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।

मकर
मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।

कुम्भ
घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।

मीन
कृषि चौपायामा फाइदा मिल्नेछ , मनग्य आम्दामी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *