अमेरिकी जनगणना २०२० मा बढीभन्दा बढी नेपालीहरु समेट्न अधिकारको सकृयता

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:५७

ज्याक्सन हाईट्, न्युयोर्क । हरेक दश दश बर्षमा गरिने जनगणना अमेरिकामा आगामी मर्च १२, २०२० बाट शुरु हुँदै छ । यस गणनाबाट अमेरिका भरी कुल कती जनसंख्या छ र कुन कुन जातिका कुन कुन भाषा बोल्ने कती संख्यामा मानिसहरु रहेछ्न् भन्ने जानकारी सरकारको निती निर्माता लगायत सबैले थाहा पाउने छ्न्।

अमेरिका भरी नेपालीहरु ४ लाखको हाराहारिमा भनिएता पनि सन् २०१० को अमेरिकी जनगणनाले करिब सात हजारको संख्यामा मात्र नेपालीहरु रहेको देखाएको थियो । यसले गर्दा अमेरिकी सरकारबाट नेपालीहरुले पाउने बिभिन्न सुबिधाहरु पाउनबाट बन्चित हुनुपरेको छ।

जस्तो न्यायलयमा नेपाली र अंग्रेजी दोभाषीको ब्यवस्था गरिएको छैन । जसलेगर्दा अंग्रेजी नबुझ्ने नेपालीले आफ्नो भाषामा आफ्नो कुरा सजिलै बताउन कठिनाई हुँदै आएको छ। त्यस्तै कतिपय सरकारी सुचनाहरु चिनियाँ र भारती जस्तै नेपाली भाषामा नआउने हुनाले नेपालीले पाउन सक्ने फाइदा पनि लिन नसकिरहेको अवस्था छ।

संघीय सरकारले बजेट पनि जनसंख्याको आधारमा दिने हुँदा नेपालीहरुको संख्या कम भएका कारण उचित लाभ लिन सकिरहेका छैनन्। यस्ता अनेकन कारणहरुले गर्दा नेपालीहरुको बास्तविक संख्या यकिन हुनु जरुरी भएको छ । उड्साइड स्थित नेपाली महिलाहरुले चलाएको अधिकार नामक संस्थाले सन २०१० को जनगणनामा पनि कार्य गरिसकेकोले जनगणनाको महत्व र त्यसबाट नेपालिहरुलाइ प्राप्त हुने फाइदा बारे राम्रो जनकारी प्राप्त गरेको छ ।

यो संस्था र कार्यक्रम निर्देशिका नर्वदा क्षेत्री र उनका सहयोगिहरु आगामी २०२० को गनगणमा बढी भन्दा बढी नेपालीहरुलाई समेटन निकै लागिपरेको देखिएको छ। यसै सन्दर्भमा नोवेम्बर २ मा अधिकारले आफ्नो कार्यालयमा अन्य बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु स्मेत संलग्न गरेर एक बृहत छलफल कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा दुर्गा पौडेल्, बिष्णु रान मगर, स्याम कार्की, निमा शेर्पा, बिष्णु सिंह, रिना राई, संगीता सुब्बा, छिरिङ लामा, संगीता राना, ईन्दिरा घर्ती गोर्खा समाज, तमु परिवार, मनाङ समाज, युएस नेपाल स्पोर्ट्स्, तामाङ समाज न्युयोर्क, क्विन्स नेपलिज लायन्स क्लब, सुदुर पश्चिम समाज न्युयोर्क, दर्शन ठकुरी समाज, एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यस जनगणनामा नेपालीहरुको हितलाई मात्र ध्यानमा राखेर सबैलाई यसको महत्व बुझाई अत्यधिक संख्यामा सहभागी गराउन अधिकारले अरु संस्थाहरुलाई संयोजन गरिरहेको छ। आगामी जनगणनामा नेपालीहरुले सजिलै आफुलाई गणनामा संलग्न गराउन अधिकार र यससँग आवद्ध सबै संस्थाहरुले विभिन्न स्थानमा फर्म भर्ने बुथहरु राख्ने भएका छ्न् जसमा तालिम प्राप्त सुचना संकल्न गर्ने गणकहरु रहनेछ्न् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *