कोलोराडोमा लक्ष्मी जयन्तीसँगै साहित्यकार उपमा आचार्य सम्मानित

डिसी नेपाल
१८ कार्तिक २०७६ ११:२७

नातिबाबु भट्ट

कोलोराडो, अमेरीका। कोलोराडोमा ११० औं लक्ष्मी जयन्तिको अवसरमा कवि गोष्ठी, श्रष्ठा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम एक समारोहबीच सम्पन्न भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार सम्पन्न कवि गोष्ठी, पुस्तक बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रममा साहित्यकार उपमा आचार्यलाई स्वागत तथा सम्मान गरिएको हो। कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकारलगायतकाे उपस्थिति रहेको थियो ।

महाकवी देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा डा. विजयराज शर्माले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गरेका थिए। “हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दि मनले” देबकोटाले त्यो जमनामा मुनामदन मार्फत उल्लेख गरेका सामाजिक संन्देशहरु आजसम्म पनि जस्ताको तस्तै समय सान्दर्भिक रहेको छ।

उनका मुनामदन, शकुन्तला, कुञ्जिनी जस्ता अमरकृतीहरुले नेपाली भाषा साहित्यमा अहिले सम्म पनि महत्वपूर्ण टेवा दिइरहेका छन्।
त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले कवयत्री , साहित्यकार तथा उप–प्राध्यापक उपमा आचार्यले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुग्नगएकाे योगदान बारे प्रकास पारेका थिए।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तारा अधिकारी, उपाध्यक्ष मीना पौडेल, सााहित्यकार आचार्य प्रभा, तथा अन्तराष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्ष्टी सदस्य प्रमिला शर्माद्धारा संयूक्तरुपमा कवयत्री साहित्यकार उपमा आचार्यलाई खादा र फुलका गुच्चाले स्वागत , सम्मान गर्दै राईटर ईन्टरनेशनलद्धारा प्रकाशित तथा आचार्यद्धारा लिखित छन्द कविता संग्रह “मातृ वन्दना” संयूक्त रुपमा बिमोचन गरेका थिए। त्यसैगरी सोही समारोहमा राईटर ईन्टरनेशनलका तर्फबाट साहित्यकार ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल लगायतका ब्याक्तिहरुबाट दोसल्ला ओडाई सन्मान पत्र प्रदानगरी साहित्यकार उपमालाई सम्मान गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा उपस्थित झण्डै डेढ दर्जन कवि कवयत्रीहरुले आ–आफ्ना रचनाहरु गीत, कविता, गजल मार्फत महाकवी देवकोटा प्रति श्रद्धा सुमन अर्पण गरेका थिए। यसरी गीत, कविता, गजल प्रस्तुत गर्नेहरुमा उपमा आचार्य, पदम बिश्वकर्मा, डा.बिजयराज शर्मा, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, तारा अधिकारी, प्रमिला शर्मा, निर्मल प्याकुरेल, संझना पाण्डे, मिना पौडेल, भुपेन्द्र महत, ज्ञानेन्द्र काफ्ले, संझना आचार्य, बासु खनाल, रविन रेग्मी, केशव आचार्य, मारिया अधिकारी, छवी रसाईली लगायतका रहेका थिए।

आयोजक संस्थाका अध्यक्ष तारा अधिकारीको अध्यक्षतामा तथा सम्मानित ब्यक्तित्व साहित्यकार उपमा आचार्यको विशेष आथिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव संझना आचार्यले उपस्थित सबैलाई स्वागत गरेकी थिए भने, किरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा सम्मानित उपमाले आफुलाई सम्मानगर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै, आफ्नाे साहित्य यात्राका अनुभवहरु प्रस्तुत गरेकी थिइन्।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *