नेपाल र अमेरिकाबाट एकैदिन ‘टुसाएको गगन’ विमोचन

डिसी नेपाल
१९ कार्तिक २०७६ ७:२४

वासिङ्टन डिसी, अमेरिका । नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्र्यु सङ्ग्रह ‘टुसाएको गगन’को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेन्र्यु रहेका छन् । यस सङ्ग्रहमा बिष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा मदन पुरस्कार एवम् पद्माश्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेंको बाहुलीबाट बिमोचन भएको थियो ।

यस्तै काठमाडौँमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा लेख निरौला, हाइकुकार कवि बिष्णु बहादुर सिंह तथा वडा-७का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले बिमोचन गरेका थिए।

काठमाडौँको कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गरेका थिए भने बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य राखेकी थिईन् । यस पुस्तकका भूमिकाकार बिष्णु बहादुर सिंहले ‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षत्रमा गहकिलो योगदानू रहेको बताए।

त्यस्तै डा लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै, ‘सुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब-प्रतीकका मध्यमबाट पस्केको बताए।

सभापती ठाकुर शर्माले ‘टुसाएको गगन’को साश्वत पक्ष रहेको र दीर्घकालिन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेकोू कुरा औँल्याएको थियो । अमेरिकामा बिमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो।

मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शकदिर्घाबाट क्रमरहित भएर बिमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए। कवि तथा साहित्यसेवी दिनार ‘रनादी’ले हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै जानेू कुरा प्रष्ट्याउनु भएको थियो।

त्यसै कार्यक्रममा प्रमुख अतिथी नीलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो(आजमा प्रकाश पार्दै हाइजिन (हाइकूकार)लाई अन्य बिधामा पनि कलम चलाऊन आग्रह गरेका थिए । उनले म्याडिसन सँच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमी भएको कुरा पनि दोहोर्याएका थिए ।

नेपालको बिमोचन कार्यक्रममा मञ्चमा आसिन वरिष्ठ साहित्यकारसँगै कात्यायन, प्रध्युम्न जोशी, खगेन्द्र खोल्सघरे, विनयकुमार शर्मा नेपाल, राम प्रसाद पन्त, प्रमोद गिरी लगायत लगभग सयजना श्रोताहरु पनि उपस्थित थिए भने अमेरिकाको बिमोचन कार्यक्रममा पनि कृष्ण प्रधान, राजेन्द्र अर्याल, सिता अर्याल तथा नाफाका सबै पूर्व अध्यक्षहरु कृष्ण सिजापती, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सयजना साहित्यप्रेमी श्रोताहरूको बाक्लो उपस्थिती थियो। यस बिमोचन कार्यक्रमलाई ईनेपलिज डट कमले फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *