पत्रकार शर्माको तेस्रो कृति ‘अमेरिका दाइ सिमरिंग एगोनी’ सार्वजनिक
वोस्टन । लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आएका पत्रकार तथा लेखक रमेश शर्माको तेस्रो कृति ‘अमेरिका दाइ सिमरिंग एगोनी’ अर्थात् ‘अमेरिका तेरो सल्कँदो वेदना’ प्रकाशित भएको छ।
औपनिषदिक पूर्वीय दर्शनलाई मूल आधार बनाएर रचना गरिएको यो कृतिमा समावेश गरिएका कविताहरु गद्यात्मक छन् । कृतिमा केही लामा तथा छोटा गरी ६६ वटा कविता संग्रहित छन्।
संग्रहमा समाविष्ट कविताहरुले वर्तमान समयमा अमेरिकी राजनीतिले भोग्नुपरेको दुःख, पीडा र वेदनालाई काव्यात्मक शैलीमा मुखरित गरेका छन् ।
यस समाचारदातासँग कुरा गर्दै शर्माले भने, म उपनिषदको उपासक हुँ र मलाई स्वतन्त्रता र स्वाधीनता अति प्रिय लाग्छ । अमेरिका पनि त्यही मूलभूत सिद्धान्त बोकेर हिँडेको र कथंकदाचित त्यसमा आँच आयो भने मलाई दुख लाग्छ । यही मूल सन्देशलाई बोकेर यो कृति प्रकाशित गरेको हुँ।’
वर्तमानमा अमेरिकाको स्वतन्त्रता र स्वाधीनतामा आँच आएको आफूले पाएको बताउँदै पत्रकार शर्माले भने ‘यो कृतिले पनि पूर्ववर्ती कृति जस्तै उपनिषदको विश्वात्मवादी स्वरलाई नै बोकेर हिँडेको र अमेरिका हिन्दु राष्ट्र नै हो र हिन्दू राष्ट्र घोषित हुनुपर्छ ।’ कृतिमा समावेश करिब ८५ प्रतिशत कविताहरु प्रजातन्त्र, स्वतन्त्रता, स्वाधीनता, कानुनी राज्य र अमेरिकाको शक्तिका बारेमा लेखिएको छ ।
शर्माका अनुसार, अमेरिकाको राजनीति यतिखेर दुइ शक्तिहरु रिपब्लिकन र डेमोक्रेटको द्धन्द्धमा अल्झिएको छ र यसो हुनु अमेरिकाको दुर्भाग्य हो ।
उनले कुनै पनि पार्टीको नाम नलिइकन एउटा शक्ति अमेरिकाको परम्परागत विश्वास र आस्था अनुकुल प्रजातन्त्र, स्वाधीनता र स्वतन्त्रताको पक्षधर देखिन्छ भने अर्को शक्ति संविधान र अमेरिकी स्वतन्त्रताको घोषणापत्रका मूलभूत आधारलाई खतम गरेर तथाकथित समाजवादमा आधारित शासन व्यवस्था लाद्न खोजेका छन्’ भने ।
उनले वर्तमान प्रशासनलाई निस्तेज र निष्क्रिय बनाउन प्रजातन्त्रका केही विरोधी अदृश्य तत्वहरु जानेर वा नजानेर लागिपरेको र यिनीहरु यो राष्ट्रको आधारस्तम्भलाई नै भत्काउन उद्यत छन्’ उनले भने।
अमेरिकाको इन्डियानास्थित अथर हाउसले प्रकाशन गरेको यो कृति एक सय २८ पृष्ठको छ । यस अघि उनले अमेरिका तत्वमसि र अमेरिका अराइज एण्ड अवेक भन्ने दुई पुस्तक पनि प्रकाशित गरेका छन् ।
यी तीनै कृति उपनिषदको विश्वात्मवादी दर्शनमा आधारित छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment