समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी
चिप्लेढुङ्गा। आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो।
समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी सङ्घीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेदवा्र उठाएको दाबी गरे।
सो अवसरमा उम्मेद्वार गुरुङले पहिचानको सम्मान, सङ्घीयताको कार्यान्वयन तथा मुलुकमा सुशासन र समृद्धिसँगै नेपाली राजनीतिलाई मार्गदर्शन गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
चुनावी प्रचारप्रसारका लागि ५०१ जनाको समिति बनाएको चुनाव प्रचारप्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment