नेपाल अमेरिकन सामुदायिक केन्द्रको देउसी भैलोमा ३४ हजार डलर संकलन

डिसी नेपाल
२० कार्तिक २०७६ ८:२०

वासिङ्टन डिसी, अमेरिका । नेपाल अमेरिकन सामुदायिक केन्द्र Nepali American Community Center (NACC) ले तिहारको अवसरमा देउसी भैलो खेलेर ३४ हजार २ सय ८८ डलर संकलन गरेको छ ।

जसमा भैलोबाट उठेको रकमसहित संस्थाको सदस्य भएबापतको रकम र स्व. खूशीले दिएको सहयोग रकम पनि समावेश छ ।

यस कार्यक्रमबाट संस्थाको संस्थामा ७ जना आजीवन सदस्य थपिएका छन् ।

स्थापना भएको वर्षदिन नबित्दै यतिठुलो विश्वास गरेको भन्दै सम्पूर्ण अमेरिकावासी नेपालीहरुलाई आयोजक नेपाल अमेरिकन सामुदायिक केन्द्र ‘देउसी भैलो आयोजक समिति’ले विज्ञप्ती मार्फत विशेष धन्यवाद समेत दिएको छ।

यस्तो छ आयोजकको विज्ञप्ती




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *