अमेरिकाको न्युयोर्कमा मनाइयो महापर्व छठ

डिसी नेपाल
२० कार्तिक २०७६ ८:४०
16
Shares

न्यूयोर्क । सात समुद्र पारी अमेरिकाको लोक आस्थाको महापर्व छठ मनाइएको छ । यो लोक पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरूद्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दू मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजना गरेका थिए।

“नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा आजा गरेर मनाइयो। २ नोवेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र ३ नोवेम्बेर बिहान का दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दियेर सम्पन्न भयो। अमेरिका, नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरि छठ पर्वमा आस्था राखने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो।

छठ व्रती सिम्रौनगढ़ निवासी निर्मला सिंह र रौतहट निवासी फुला देवी पोखरामा गयर सूरुज देवलाइ अर्घ्य दिए। अत्यन्त चिसोकाबीच पनि करीब दुईसय जनाले सूर्य भगवानको दर्शन गरेका थिए । विश्वमा नेपाली मधेसी संस्कृति र कला-पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्वका संजोयक प्रशान्त साहको अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो।

विभिन्न कार्यक्रम मार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेसमा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिका संधै साथ रहने कुराको विजय चन्दले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *