भ्वाईस फर युथद्वारा ३ जना नेपालीलाई अमेरिकामा छात्रवृद्धि प्रदान

डिसी नेपाल
२० कार्तिक २०७६ २०:४९

न्यूयोर्क, अमेरिका । भ्वाईस फर युथ अमेरिकाद्वारा ३ जना नेपालीलाई स्कलरसिप वितरण गरेको छ । उक्त संस्थाले ३ जना महिमा थापा ट्रुमन युनिभर्सिटी मिजौरी, पवन पन्त यूनिभर्सिटी अफ टेक्सास, स्यानुन राईले लगडिया कम्युनिटी कलेजबाट रहेका छन् । जसले ५ सय अमेरिकी डलरको स्कलरसिप डलर पाएको संस्थापक तथा कार्यक्रम संयोजक छिरिङ योञ्जनले जानकारी दिए ।

अक्टोबर १९ तारिख शनिबारका दिन आल्मस हस्पिटल अडिटरियनमा आयोपजित मोटिभेसनल स्पीच २०१९ नाम दिईएको उक्त कार्यक्रममा करिब १५० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा डा. तारा निरौला, इन्जिनियर निर्जल लम्साल र आर्थिक विशेषज्ञ सजन राज वैद्यले युवा तथा विद्यार्थीहरुलाई आफ्ना जीवन र भोगाईका विषयमा स्पीच दिएका थिए ।

यस्ता कार्यक्रमले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई ठुलो सहयोग पुग्न सक्ने भएकाले आफुँहरुले यस्तो कार्यक्रम आयोजना गरेको सह संथापक लेनिन कँडेलले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *