उप निर्बाचनमा परिवार दलले नेकपालाई सघाउने

डिसी नेपाल
२१ कार्तिक २०७६ ११:४७

काठमाडौं। नेपाल परिवार दलले मंसिर १४ मा हुने उप-निर्बाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई सघाउने निर्णय गरेको छ।

दलका अध्यक्ष एकनाथ ढकालको नेकपाका शिर्षस्थ नेतृत्वहरुसँगको परामर्श पश्चात दलका महामन्त्री बिनोद डाँगी नेतृत्वको केन्द्रीय पदाधिकारीहरुले नेकपाका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ संगको छलफल पछि उक्त निर्णय सार्बजनिक गरिएकाे हाे।

उपनेता सुवासचन्द्र नेम्वाङ सँगको भेटमा परिवार दलका महामन्त्री सँगै सचिब गोबिन्द मिश्र, सभासद मिलन राजबंशी र गण्डकी प्रदेशका संयोजक प्रकाश बाबु थापा सहभागी थिए। बिगतको सहमति अनुसारनै नेकपालाई सघाउने निर्णय भयको दलका प्रबक्ता सन्तोष पौडेलले बताए।

गत संघीय संसद सदस्य तथा प्रदेश सभा दस्यको निर्बाचनमा पनि परिवार दलले तत्कालिन नेकपा एमालेसँग तीन बुदे सहमति गरि चुनाबी सहकार्य गरेको थियो। तत्कालीन संबिधान सभामा २ सिट सभासद भयको नेपाल परिवार दलले देशभरी एक लाख साधारण सदस्य भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *