एनआरएनएको प्रवक्तामा डिबी क्षेत्री मनोनित

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:१४

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को प्रवक्तामा डिबी क्षेत्री मनोनित भएका छन् । बुधबार सम्पन्न आईसीसीको बैठकले  क्षेत्रीलाई प्रवक्तामा मनोनयन गरेको हो।

एनआरएनएको नवौं विश्व सम्मेलनमा महासचिवमा उम्मेदवारी दिने तयारीमा रहेका क्षेत्रीलाई कुमार पन्तले आफ्नो प्यानलमा समावेश गर्दै प्रवक्ता पदका लागि सहमतिमा ल्याएका थिए। सहमतिअनुसार क्षेत्रीले उम्मेदवारी नदिई पन्त समुहलाई समर्थन गरेका थिए। सोही पूर्व सहमतिअनुसार क्षेत्रीलाई प्रवक्तामा मनोनयन गरिएको बताइएकाे छ।

मध्यपूर्वमा सक्रिय रहेका क्षेत्री मजदुरमैत्री एनआरएनए अभियन्ताको रुपमा परिचित छन्। उनले एनआरएनए ओमनको अध्यक्ष, मध्यपूर्व क्षेत्रीय संयोजक हुँदै २०१७–०१९ कार्यकालमा आईसीसी सचिवको जिम्मेवारी सम्हालेका थिए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *