रुप ज्योति र उनकी छोरीको तीन दिन म्याद थपियो

डिसी नेपाल
२२ कार्तिक २०७६ १९:५२

काठमाडौं। विमानस्थलबाटै पक्राउ परेका व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राख्न शुक्रबार म्याद थपिएको छ।
काठमाडौं प्रहरी परिसरले उनीहरुलाई बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो।

पूर्व अर्थ सहायकमन्त्रीसमेत रहेका व्यवसायी ज्योति ठगी आरोपमा पक्राउ परेका हुन्। हाउजिङमा ठूलो रकम अशुलेर ठगेको भन्दै पीडितहरुले उनीविरुद्ध मुद्दा हालेका थिए।

विदेशमा रहेका उनी शुक्रबार स्वदेश फर्किँदा विमानस्थलमै पक्राउ परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *