आफ्नो सचिवालयका सबै सल्लाहकारलाई हेरफेर गर्ने निष्कर्षमा प्रधानमन्त्री किन पुगे?

डिसी नेपाल
२४ कार्तिक २०७६ ७:४९

काठमाडौं। दुई तिहाइ बहुमतको सरकार गठन भएको झण्डै २० महिना पूरा हुना लाग्दासमेत सरकारको जनभावना बमोजिम काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो सल्लाहकार समूहलाई राजीनामा दिन आग्रह गरेका छन्।

यसअघि मन्त्रिपरिषद हेरफेर गर्ने चर्चा चलिरहँदा प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार हेरफेर गर्ने तयारी गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सबै सहयोगीलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकारको व्यवहारले सरकारको आलोचना बढेको छ, प्रधानमन्त्रीको सचिावलयमा रहेका सल्लाहकारले पार्टीका नेतारुसँग दूरी बवढाउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका रहेका सबै जसो सल्लाहकारलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको एक सदस्यले डिसी नेपाललाई जानकारी दिए।

 

दुई तिहाइ को सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री ओली आक्रामक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ।

‘प्रधानमन्त्रीज्यूले प्रमुख राजनीतिक सल्लाहकारलाई बोलाएर सचिवालयका सबै सदस्यले राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नु भएछ,’ नाम उल्लेख नगर्ने शर्तमा सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीको सचिवालयमा हामी बस्नु पनि प्रधानमन्त्रीलाई सहयोग गर्न नै हो। हामी बाहिरै बसेर पनि सहयोग गर्न सक्छौं। त्यसैले हामीले सामुहिक रुपमा राजीनामा दिने तयारी गरेका छौं।’

प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार रिमाललाई आफूलाई काम गर्न सहज बनाउन राजीनामा दिन आग्रह गरेपछि सोको जानकारी उनले आफ्ना सचिवालयका सदस्यलाई शुक्रबार गराएका थिए। प्रधानमन्त्रीका सचिवालयका सबै जनाले मंसिर १ गते देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्री सचिवालयको प्रमुख सल्लाहकारमा रिमाल, परराष्ट्र सल्लाहकार भट्टराई, प्रेस सल्लाहकार अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्यलगायत छन्

यसैबीच प्रधानमन्त्री केपी ओलीले आफ्ना सचिवालयका रहेका सल्लाहकार हेरफेर गरेपछि मन्त्रिपरिषद पनि हेरफेर गर्ने तयारी गरेका छन्। यसअघि पटक पटक मन्त्रिपरिषद हेरफेर गर्ने चर्चा चलेपनि त्यसलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका थिए। तर अब आफ्नो सचिवालयका सल्लाहकार हेरफेर गरेलगत्तै केही मन्त्रीहरु पनि हेरफेर गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन्।

दुई तिहाइ को सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री ओली आक्रामक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *