न्यूयोर्कका ‘वीर गणेशमान’ चलिचित्र प्रदर्शन, पूर्व उपप्रधानमनत्री उपस्थिति

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:३१

न्यूयोर्क। नेपाली जनसम्पर्क समिति अमेरिकाले पूर्व उपप्रधानमन्त्री एवं नेपाली काग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा पूर्वमन्त्री एवं कांग्रेस नेता नविन्द्रराज जोशी एवं कांग्रेस नेता राजु जोशीलगायतका नेताको उपस्थिति थियो।

सो अवसरमा १०५ औं गणेशमान सिंह जयन्तीको अवसर पारेर नोभेम्बर १० मा गुलशन टेरेस हलमा प्रदर्शन हुन लागेको ‘वीर गणेशमान’ चलचित्र प्रदर्शन गरिने छ।

बिपी कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्यापर्ण गरेर स्वर्गिय गणेसमान र बिपिको तस्बिरमा माल्यापर्ण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो।

कार्यक्रममा अतिथिहरुलाइ चुण्डी शेर्पा र अमर तामाङले स्वागत गर्दै अतिथिलाई खादा ओढाएका थिए।  कोलोराडोबाट आएका जनसंपर्क समिती उपाध्यक्ष धर्मराज श्रेष्ठले आफ्नो छोटो स्वागत मनतब्य राख्दै सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री प्रकाशमानले प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न भनेको स्मरण गराउदै अहिले देशमा भएका ठूला–ठूला भ्रष्टाचारमा सरकारले केही नगरी अकर्मण्यता देखाएको आरोप लगाए। उनले कांग्रेसको बिरोध मात्र गरेर केही परिवर्तन नहुने भन्दै कांग्रेसलाई माया गर्नेहरु एक्जुट भएर जानुको विकल्प नरहेको बताए।

पूर्वमन्त्री एवं कांग्रेस नेता नविन्द्र राज जोशीले बर्तमान नेपालको समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए। उनले भारतले कालापनी र लिपुलेकमा नेपालको भुमी अतिक्रमण गरेको, देशमा महंगी, अशान्ति, असुरक्षा बारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा लोप्चेन्जोङ, गोबिन्द कोइराला, आङदावा शेर्पा, खगेन्द्र जिसी, बेदप्रसाद खरेल, रामहरि अधिकारी, शारदा क्षेत्री, राम कुमारबिष्ट, संजिव श्रेष्ठ, हरिनारायण सापकोटा, मनराना मगर, बिष्णुमान प्रधान, प्रमोद सिटौला, अनन्त सुबेदी, हेमन्त मल्ल, बिआर लामा, चन्द्र जिसी, पदम गुरुङ, सुमिता गुरुङ, अन्जन श्रेष्ठ, अनिल पाण्डे, दिनेश पाण्डे, महेश मल्ल, सुर्य लम्साल, थानेस्वर राई, छिरिङ डोल्मा शेर्पा, प्रभात सापकोटा, राजु खडका, बिष्णु सुबेदी, भोजराज थोकर, रबिन बज्राचार्य लगायत तामाङ समाज, बिद्यार्थी संघ, आदिबसी जनजाति महासंघका प्रतिनिधिहरु र बिभिन्न राज्यबाट सहभागी भएकाहरुको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *