बैतडीमा नेकपा-कांग्रेसले टुंग्याए उम्मेदवार
बैतडी। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले सुर्नया गाउँपालिका-१, पुर्चौडी नगरपालिका-४ र दोगडाकेदार गाउँपालिका-४ मा वडाअध्यक्षका उम्मेदवारको टुंगो लगाएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुर्चौडीमा शैलेन्द्र धानुक, दोगडाकेदारमा नरेन्द्रप्रसाद भट्ट र सुर्नयामा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए। कांग्रेसले पुर्चाैडीमा गोविन्दबहादुर धामी, दोगडाकेदारमा सुरेन्द्रप्रसाद भट्ट र सुर्नयामा गजेन्द्रबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव वीरबहादुर विष्टले जानकारी दिए।
उम्मेदवार टुंगो लागेसँगै दुवै दुवै दलले प्रचारप्रसार तीव्र पारेका छन्। कांग्रेस जिल्ला पदाधिकारी बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरिसकेको जनाएको छ। उनका अनुसार पार्टी सभापति नरेन्द्रसिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment