‘म उम्मेदवार त हुँ तर मलाई भोट नदिनुस्’

डिसी नेपाल
२४ कार्तिक २०७६ १६:३७

पोखरा । आगामी उपनिर्वाचनका लागि बाग्लुङ २ ‘ख’ प्रदेशभा सांसदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शेरमान घर्तीले नेकपालाई सघाउने भएका छन् । उनले उम्मेदवारी फिर्ता नलिए पनि नेकपालाई सघाउने बताएका हुन् । उनी नेकपाका बागी उम्मेदवार हुन् ।

नेकपाले बागी उम्मेदवार घर्तीलाई उम्मेदवारी फिर्ताको लागि फकाएर हेलिकप्टर चार्टर गरी बाग्लुङ पुर्याएको थियो तर उनी समयमा निर्वाचन कार्यालय पुग्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिन पाएनन् । उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएका कारण उनको उम्मेदवारी कायमै रहनेछ ।

उमेदवार भएपनि घर्तीले आफैंलाई भोट भने नमाग्ने बाम गठबन्धनलाई सघाउने बताएका हुन् । समयभित्रै उम्मेदवारी फिर्ता नगरेपछि उनले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमार्फत् नै शेरमानले बाम गठबन्धनलाई सघाउने जनाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *