द्रोणाचार्य र राजा द्रुपद बाल्यकालका मित्र थिए, राजा बनेपछि द्रुपदले द्रोणाचार्यको अपमान गरे

डिसी नेपाल
२५ कार्तिक २०७६ ८:३९

काठमाडौं। महाभारतमा पृषत नाम गरेका राजा भारद्वाज मुनिका मित्र थिए। उनको पुत्रको नाम द्रुपद थियो। उनी भारद्वाज आश्रममा बसेर द्रोणाचार्यसँगै शिक्षा ग्रहण गर्थे। त्यो बेला द्रुपद र द्रोण असल मित्र थिए।

एक दिन द्रुपदले द्रोणाचार्यसँग भने–जब म राजा बन्छु अनि तिमी मसँगै बस्नु। मेरो राज्य, सम्पत्ति र सुख सबैमा तिम्रो पनि मेरो समान अधिकार हुनेछ।’

जब राजा पृषतको मृत्यु भयो तब द्रुपद पांचाल देशका राजा बने। अर्कोतर्फ द्रोणाचार्य आफ्नो पिताको आश्रममा बसेर तपस्या गर्न थाले। उनको विवाह कृपाचार्यकी बहिनी कृपीसँग भयो। कृपीबाट अश्वत्थामाको जन्म भयो। एक दिन अन्य ऋषिपुत्रलाई देखेर अश्वत्थामा दूध खान भन्दै रुन थाले। तर आफूसँग गाई नभएका कारण द्रोणाचार्यले दूधको प्रवन्ध गर्न सकेनन्। यो कुराले उनलाई निकै दुख भयो।

जब द्रोणाचार्यले आफ्ना मित्र द्रुपद राजा बनेको थाहा पाए, तब उनी राजालाई भेट्न गए। त्यँहा पुगेर द्रोणाचार्यले राजा द्रुपदसँग भने–म तिम्रो बाल्यकालको मित्र हुँ।’ द्रोणाचार्यको मुखबाट म तिम्रो बाल्यकालको मित्र हो भन्ने वित्तिकै राजा द्रुपदले उनको अपमान गरे। राजा द्रुपदले भने–एक जना साधारण ब्राम्हण र राजा कहिल्यै साथी हुन सक्दैनन्। राजा र गरिवबीच मित्रता हुन सक्दैन।’

राजा द्रुपदको यस्ताने कुराले द्रोणाचार्यलाई नराम्रो लाग्यो। उनी कसैगरी राजा द्रुपदसँग आफ्नो अपमानको बदला दिने भन्ने सोच्दै हस्तिनापुर आए। त्यहाँ आएर केही दिन गोप्य रुपमा कृपाचार्यको घरमा बसे।

एक दिन युधिष्ठिर र राजकुमार एउटा मैदानमा बल खेलिरहेका थिए। खेल्दा खेल्दै बल कुवामा खस्यो। राजकुमारले त्यो बललाई निकाल्ने धेरै कोशिश गरे। तर, सफल भएनन्। राजकुमारले बल निकाल्ने असफल प्रयास गरेको द्रोणाचार्य हेरिरहेका थिए। उनले राजकुमारसँग भने–म तिम्रो यो बल निकाल्दिन्छु। तिमी मेरो भोजनको प्रवन्ध गर।’

द्रोणाचार्यले अभिमन्त्रित विधिबाट कुवाबाट बल निकाले। कुवाबाट बल निकाले पछि राजकुमारलाई निकै आश्चर्य लाग्यो। उनले यो कुरा भिष्मपितामहलाई बताए। सबै कुरा सुनेपछि उनी द्रोणाचार्य नै रहेको भिष्मलाई ज्ञान भयो। भिष्मले आदरपूर्वक द्रोणाचार्यलाई हस्तिनापुर लिएर आए र उनलाई कौरव र पाण्डवलाई अस्त्र विद्या सिकाउने जिम्मेवारी दिए।

जब गौरव पाण्डवको शिक्षा पूरा भयो तब द्रोणाचार्यले उनीहरुसँग भने–तिमीहरु पांचाल देशका राजा द्रुपदलाई बन्दी बनाएर म भएको ठाउँमा लिएर आयो। यही मेरो गुरु दक्षिणा हो।’ पहिला कौरवले द्रुपदमाथि आक्रमण गरेर बन्दी बनाउन प्रयास गर, तर उनीहरु सफल भएनन्।

पछि पाण्डवले अर्जुनको पराक्रमबाट राजा द्रुपदलाई बन्दी बनाए। र द्रोणाचार्य भएको ठाउँमा लिएर आए। तब द्रोणाचार्यले उनलाई आधी राज्य फिर्ता गरेर आधी राज्य आफूँग राखे। यसरी राजा द्रुपद र द्रोणाचार्य एक समान भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *