नेकपा सचिवालय बैठक शुरु
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment