विवेकशील नेपाली दल अमेरिकाको ड्यालसमा अन्तरक्रिया

डिसी नेपाल
२५ कार्तिक २०७६ १०:५४

अमेरिका। विवेकशील नेपाली दल अमेरिकाले ड्यालसमा अन्तरक्रिया सम्पन्न गरेको छ। शनिबार नवनिर्वाचित केन्द्रिय महासचिव निर्देश सिलवालको विशेष उपस्थितमा अमेरिकाको ड्यालस वरपर बसोबास गर्ने नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै महासचिव सिलवालले विवेकशील नेपाली दलको वर्तमान चुनौती, आगामी योजना र लक्ष्यका बारेमा सहभागीहरूलाई जानकारी गराउँदै सहयोगको लागि आह्वान गरेका थिए भने, प्रवास कमिटीका अध्यक्ष संजय रिमालले विवेकशील नेपाली दलको विगत र वर्तमानका बारेमा प्रकाश पारेका थिए।

त्यस्तै उनले सहभागीहरूले राखेका जिज्ञासाको उत्तर दिएका थिए । सिलवालले विवेकशील नेपाली दल नै वैकल्पिक राजनीतिको मुख्य विकल्प हुनेमा कुनै शंका नगरि विवेकशील राजनीतिमा हातेमालो गर्न अपिलसमेत गरे।

सोही क्रममा चर्चित नेपाली चलचित्र निर्देशक तथा विवेकशील नेपाली दलका शुभेच्छुक नारायण पुरीले विवेकशील नेपाली दलले गरेका कामहरूको प्रशंसा गर्दै  आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचनवद्धता जाहेर गरेका थिए।

उक्त कार्यक्रम राज अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *