वित्तीय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे कारवाही गरिने

डिसी नेपाल
२५ कार्तिक २०७६ १२:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तीय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तीय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने बताए।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तीय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको जनाए। सोमबार काठमाडाैंमा समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उद्घाटन गर्दै उनले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने बताए।

उनले बैंक तथा वित्तीय संस्थाहरु विश्वमा कहीँ पनि निजी नहुने भएकाले त्यसले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गरेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे।

गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिने गरेको जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *